वीरगन्ज :

‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गरिँदै

श्रेणी : समाज

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ।

कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ। सबै प्रक्रिया पूरा गरेर ल्याउन ४/५ महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए।

उनका अनुसार नयाँ कार्ड खरिद भएर आउँदासम्मका लागि आवश्यक पर्ने कार्ड भने विभागसँग बाँकी रहेको छ। उनले भने, ‘तत्काल छाप्न अभाव छैन र यो सकिँदासम्म अर्को आइपुग्छ भन्ने छ।’

अहिले अघि बढाइएको प्रक्रियाबाट १२ देखि १५ लाख कार्ड खरिद हुन लागेको विभागले जनाएको छ। अझै बढी खरिदका लागि थप रकमको पहल भइरहेको सूचना अधिकारी पनेरुले बताए। उनले भने, ‘अहिले उपलब्ध बजेट जतिको कार्ड खरिद गर्न आह्वान भएको छ, अझै थपिए बढी कार्ड किन्न सकिन्छ।’

हालसम्म चालक अनुमतिपत्र छपाइका लागि एउटा मात्रै ‘मास प्रिन्टर’ रहेकामा अर्को एउटा खरिदका लागि विभागले प्रक्रिया अघि बढाइसकेको छ। दुई ‘मास प्रिन्टर’ ले छाप्दा अहिलेभन्दा दोब्बर छापिने र अहिलेको कार्डले नपुग्न सक्ने उनले बताए। अहिले झण्डै ७ लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा विभागले दुई उपकरणमार्फत त्यो छापेर सक्ने योजना बनाएको छ।

विभागले कार्ड खरिदका लागि सूचना भर्खर प्रकाशित गरेको छ। वर्षभरलाई पुग्ने अनुमान गरिएको भए पनि नवीकरण, नयाँ, प्रतिलिपि सबैका लागि चाहिने हुँदा अझै बढी चाहिने उनले बताए। उनले भने, ‘बढी हुँदा खेर जाँदैन तर नेपालको खरिद प्रक्रिया लामो हुने हुँदा किन्दा धेरै गर्न सके हुन्थ्यो भन्ने छ।’

विगत वर्षहरूमा उपकरणको क्षमताको कमीले मात्रै होइन कार्ड अभावले समेत अनुमतिपत्र छपाइ सुस्त रहेको थियो। केही वर्षयता विभिन्न समस्याका कारण सेवाग्राहीले सजिलैसँग अनुमतिपत्र पाइरहेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *