वीरगन्ज :

स्माईल डेन्टल क्लिनिक अर्को ठाउँमा संचालन, मन्त्री यादव र मेयर सिंहले गरे उद्घाटन

श्रेणी : मधेस

7 months
Pradeep Sah
1.6kViews
1759 Shares

वीरगंंज (पर्सा), २३ भदौ । वीरगंजको लिंकरोडस्थित कुमु प्यालेसको छेउमा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनिक सञ्चालनमा आएको छ । यसअघि लिंकरोडकै अर्को स्थानमा रहेको यो क्लिनिक अहिले नयाँ ठाउँबाट परिस्कृत ढंगले सञ्चालनमा आएको हो ।

शनिवार बिहान एक कार्यक्रम बिच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव एवं वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सयुँक्त रुपमा क्लिनिकको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथी मन्त्री यादवले “स्वास्थ्यमा दन्त उपचारको महत्त्वपूणर् भूमिका रहेको वताउँदै यस क्लिनिकले वीरगंजमा अत्याधुनिक सेवा प्रदान गर्ने वताए ।

मेयर सिंहले पनि आफ्नो मन्तव्य राख्दै, “वीरगंजमा दन्तसम्बन्धी समस्या समाधान गर्न यो क्लिनिकले ठुलो योगदान गर्ने बताए । कार्यक्रममा क्लिनिकका प्रबन्ध निर्देशक आमिर आलमले “करिब ३० लाखको लगानीमा सञ्चालित यस क्लिनिकमा आरसिटी, क्याप लगाउने, डेन्टल इम्प्लान्ट लगायतका अत्याधुनिक सेवाहरू उपलब्ध हुने वताए । साथै, उनले क्लिनिकबाट १० जनाले रोजगारी पाएको जानकारी पनि दिए ।

उद्घाटन कार्यक्रममा पूर्व मन्त्री करिमा बेगम, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, प्रहलाद गिरी, जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, पर्सागढी नगरपालिकाका कार्यापालिका सदस्य अस्लम आलम लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *