
श्रेणी : BANNER
काठमाडौं । सत्ता गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपील जारी गरेको छ ।
सत्ता गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले संयुक्त अपील जारी गरेका हुन् । पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावना अनुरूप काम गर्दै आएको, गठबन्धन सरकार गठन भए लगत्तै महामारीका रूपमा रहेको कोभिडको रोकथाम नियन्त्रण भएको र वर्तमान गठबन्धनको सरकारले विदेश नीतिमा सन्तुलन कायम गरेको गठबन्धनले जनाएको छ ।
अपीलमा भनिएको छ,’राष्ट्रिय यथार्थहरूको प्रकाशमा लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन् गर्न र आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्याधिक बहुमतका साथ विजयी गराउन हार्दिक अपिल गर्दछौं ।’



प्रतिक्रिया