
श्रेणी : BANNER
काठमाडौँ । स्ट्यानफोर्ड विश्वविद्यालयले हालै सार्वजनिक गरेको विश्वका “शीर्ष २ प्रतिशत वैज्ञानिक” (Top 2% Scientists) को २०२५ संस्करणमा वीरगंज महानगरपालिका–२९ मुसैलीका क्यान्सर अनुसन्धानकर्ता डा. माधव प्रसाद यादवको नाम समेत समावेश भएको छ ।
यो सूची प्रतिष्ठित प्रकाशन कम्पनी एल्सेवियर (Elsevier) मार्फत प्रमाणित गरिएको हो । विभिन्न विषयका अग्रणी वैज्ञानिकहरूको अनुसन्धान प्रभाव र उद्धरण उत्कृष्टताको आधारमा यो सूची तयार गरिएको हो ।
डा. यादव हाल अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS), नयाँ दिल्लीमा कार्यरत छन् । यसपटक एआइआइएमएस नयाँ दिल्लीसहित सम्पूर्ण संस्थाबाट ८० जना वैज्ञानिकहरू सूचीमा परेका छन्, जसमा ५६ जना नयाँ दिल्ली शाखाकै रहेका छन्।
विश्वका अग्रणी वैज्ञानिकहरूमध्ये समेटिनु आफूका लागि ठूलो सम्मान र प्रेरणाको विषय भएको डा. यादवले बताएका छन् । उनका अनुसार यो उपलब्धिले आफूलाई अझ प्रभावकारी अनुसन्धान र नवप्रवर्तनतर्फ अघि बढ्न प्रेरित गरेको छ।


प्रतिक्रिया