श्रेणी : प्रदेश
1.7kViews
1558
Shares
मकवानपुर,२९ पुस । मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको ना १ क ९२५० नम्बरको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कूल बसले ठक्कर दिँदा बालिका पूजा थिङको ज्यान गएको हो।
ठक्करबाट गम्भीर घाइते बालिकालाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
ठक्कर दिने बसका चालक चन्द्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनाका स्थायी बासिन्दा हुन्।
घटनाले स्थानीय बासिन्दामा शोकको छाया पारेको छ भने बालिकाको परिवार शोकमा डुबेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया