वीरगन्ज :

स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

श्रेणी : मधेस

2 days
Pradeep Sah
1.6kViews
1966 Shares

सर्लाही,२३ साउन । सर्लाहीको बरहथवामा स्कुल बसबाट खसेर एक १३ वर्षीय बालकको मृत्यु भएको छ। विद्यालय सकेर घर फर्किंदै गर्दा बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो।

धनकौल गाउँपालिका–३ हरकठवाका निसार शेखका छोरा फैजान शेखको स्कुल बसबाट खसेर निधन भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ। उनी बरहथवा नगरपालिका–८ स्थित कायाकल्प एकेडेमीमा कक्षा ३ मा अध्ययनरत थिए।

दुर्घटना बिहीबार साँझ बरहथवा–८, टाँडीमा भएको हो। ग १ ख ९५६८ नम्बरको स्कुल बसबाट खसेपछि गम्भीर घाइते भएका फैजानलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो। तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईका अनुसार दुर्घटनापछि बससहित चालक २१ वर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिइएको छ। मृतक बालकको शव अहिले वीरगन्जमै राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र लापरबाहीको पक्षमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *