
श्रेणी : पर्यटन
चितवन,०१ पुस । चितवनको सौराहामा ११ पुसदेखि हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ ।
नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर १५ पुससम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो ।
महोत्सव उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको महोत्सव आयोजक क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ ।
हरेक वर्ष आयोजना हुने महोत्सवले सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आगमन वृद्धि हुने विश्वास संघको छ । होटलको अकुपेन्सी दर अहिले ४० प्रतिशत रहेकोमा महोत्सवमा २० देखि २५ प्रतिशत बढ्ने अपेक्षा आयोजकको छ ।
महोत्सवमा यहाँका होटलहरूले पर्यटकलाई आर्कषित गर्न होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट उपलब्ध गराउने आयोजकको भनाइ छ ।
नेपाल घुम्न आउन् विदेशी पर्यटकलाई अंग्रेजी नयाँ वर्ष र क्रिसमससम्म सौराहामा नै रोक्ने उद्देश्यले हात्ती महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया