वीरगन्ज :

‘सौदागर’ रात्री बसको दादागिरी, ठक्कर दिएर घाइते बनाएका अहमदको उपचार खर्च दिन आलटाल

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.9kViews
1502 Shares

वीरगंज (पर्सा), १३ माघ । वीरगंज महानगरपालिका वडा नं. ४ वीर्ता निवासी ४२ वर्षीय अहमद हुसेनले ठक्कर हान्ने सौदागर बसले क्षतिपूर्ति दिन आलटाल गरि रहेको आरोप लगाएका छन् । गत मंसिर ११ गते कलैया स्थित दरबार चौक नजिकै रोकर राखिएको मोटरसाइकलमा बसेका अहमदलाई कलैया वीरगंज हुँदै काठमाडौंसम्म चल्ने बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको ‘सौदागर’ रात्री बसले साँझ करिब ६ बजे ठक्कर दिएको थियो ।

ठक्कर दिए पश्चात अहमद सवार ना. ४६ प ४७४८ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलमा पूर्ण रुपमा क्षति भएको थियो भने अहमदको हात, खुट्टा, पिठ्युमा गम्भिर चोट पटक लागेको थियो । विपरित दिशाबाट आउँदै गरेको बसले अहदम सहित थप २ वटा दुर्घटना गरेर भागि रहेको थियो । भाग्ने क्रममा सडक छेउमा मोटरसाइकल रोकेर माछा किनी रहेका अहमदलाई तिब्र गतिमा आएको बसले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका अहमदलाई कलैया स्थित राज लक्ष्मी रिलिफ हस्पिटलमा उपचार गरि फर्केका थिए भने दुर्घटनामा परि क्षतिग्रस्त भएका मोटरसाइकल एवं बसलाई जिल्ला प्रहरी कार्यालय बारामा लगिएको थियो ।

त्यसको केही दिन पश्चात जिल्ला प्रहरी कार्यालय बारामा भएको बस साहु, व्यवसायी संघ एवं घाइते अहमदबीच भएको छलफलमा घाइतेको सम्पूर्ण उपचार खर्च एवं मोटरसाइकल अर्को किनेर दिने सहमति भएको थियो । तर बस साहुले मोटरसाइकल किन्न आलटाल गरेपछि अहमदले आफ्नै पुरानै मोटरसाइकल मर्मतका लागि प्रस्ताव राखेका थिए । त्यस पश्चात बस साहुले आफै जिल्ला प्रहरी कार्यालय बाराबाट मोटरसाइकल ल्याई बनाउन लगाएका थिए तर पूर्ण रुपमा नबनाएको घाइते अहमदको आरोप छ । त्यसमा पनि मोटरसाइकल मर्मत गराएपनि आफ्नो उपचारमा लागेको खर्च तिर्न आलटाल गरि रहेको उनको भनाई छ ।

सौदागर बसको ठक्करबाट क्षतिग्रस्त भएको अहमद हुसेको मोटरसाइकल ।

दुर्घटनाबाट चोट पटक लागेको कारण शरिरको भित्री भागमा गम्भिर चोटपटक लागेको अहमदको भनाई छ । बाहिरबाट खासै नदेखिएपनि भित्री रुपमा हात उठाउन गाह्रो हुने, हातखुट्टाको दर्द पूर्ण रुपमा ठीक नभएको अवस्थामा बसको साहु सम्पर्क विहीन भएको उनले बताए । हालसम्म उपचारमा ६० हजार रुपैयाँ खर्च भइसकेको अवस्थामा बस साहुले ३८ हजार रुपैयाँ मात्रै तिरेर सम्पर्क विहीन भएको र छलफलको क्रममा उपचार खर्च व्यवहोर्ने जिम्मा लिएका बस व्यवसायी पनि खर्च तिराउन आलटाल गरि रहेको उनको भनाई छ ।

अहिले अहमदको उपचार वीरगंज वीर्ता स्थित अहमद हेल्थ क्लिनिकमा भइरहेको छ । छलफलमा भएको सहमति अनुसार उपचार खर्च तिर्न जिल्ला प्रहरी कार्यालय बारामा पटक पटक आग्रह गर्दा पनि क्षतिपूर्ति नपाएको पीडित अहमदको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाराबाट सम्पर्क गर्न लगाउँदा बस साहुले दुई चार दिनमा आउने भनेर आलटाल गर्ने गरेको कारण आफू पीडामा परेको उनको भनाई छ । क्षतिपूर्तिको लागि भन्दा उल्टै दादागिरी तरिकाले कुरा गर्ने गरेको पीडित अहमदको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *