वीरगन्ज :

सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिई सरकारका कामलाई तीव्रता दिने माओवादीको निर्णय

श्रेणी : BANNER

2 years
birgunj report
131Views
0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषदलाई विस्तार गरी सरकारका कामहरुलाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएका थिए ।

बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *