वीरगन्ज :

सेवाग्राही सुविधा सुधारका लागि आजदेखि सरकारी कार्यालय बिहान ९ बजे सञ्चालन

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.7kViews
1109 Shares

काठमाडौं,२३ चैत । सरकारले आजदेखि देशभरका सरकारी कार्यालयहरूको समय परिवर्तन गर्दै बिहान ९ बजेदेखि सञ्चालन गर्ने निर्णय लागू गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछन्।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै देशमा देखिएको इन्धन संकटलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हो। यससँगै सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था पनि लागू गरिसकेको छ।

नयाँ कार्यतालिकाअनुसार वैशाखदेखि कात्तिक १५ गतेसम्म कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म हुनेछ भने कात्तिक १६ देखि माघ १५ सम्म भने दिउँसो ४ बजे नै कार्यालय बन्द हुने व्यवस्था गरिएको छ।

यसैबीच, नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूका लागि नयाँ समय निर्धारण गरेको छ। राष्ट्र बैंकको परिपत्रअनुसार अब बैंकहरू आइतबारदेखि बिहीबारसम्म बिहान ९ देखि ४ बजेसम्म र शुक्रबार बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुनेछन्।

सरकारले बढ्दो इन्धन खपत र वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न यो कदम चालेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *