
श्रेणी : अर्थ
22Views
0
Shares
काठमाडौं । अर्थ मन्त्रालयले सेयर कारोबारमा लिने गरिएको ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर भएको स्पष्ट पारेको छ । सेयर कारोबारमा देखिएको कर अन्योल हटाउन सरकारले स्पष्टीकरण दिएको हो ।
सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक ऐनको दफा २९ मा सेयर कारोबार गर्ने व्यक्तिहरुले पनि कर विवरण बुझाउनु पर्ने भन्ने व्यवस्था थियो । यस्तो व्यवस्थाले सेयरमा लाग्ने ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर हो कि होइन भन्ने अन्योल सिर्जना भएको थियो ।



प्रतिक्रिया