
श्रेणी : BANNER
49Views
0
Shares
काठमाडौं । नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
स्याङ्जा वालिङ नगरपालिका १० घर भएर पोखरा महानगरपालिका १६ बाटुलेचौर डेरामा बस्ने २१ वर्षीय सागर ढकाललाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
ढकालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

प्रतिक्रिया