वीरगन्ज :

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी, तर संसद् विघटनमा असहमति

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.4kViews
1866 Shares

काठमाडौं,२७ भदौ । जेनजी आन्दोलनको प्रस्तावअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने विषयमा दलहरू र राष्ट्रपति बीच सहमति देखिए पनि संसद् विघटन गर्ने कि नगर्ने भन्ने प्रश्नमा वार्ता अड्किएको छ।

बिहीबार मध्यरातिसम्म शीतलनिवासमा चलेको छलफल निष्कर्षविहीन बनेको राष्ट्रपति कार्यालयले जनाएको छ। जेनजी प्रतिनिधिहरूले “संसद्मा बसेका पुराना नेताप्रति विश्वास नरहेको र आन्दोलनको मर्मअनुसार संसद् विघटन आवश्यक” अडान राखे भने कांग्रेस, एमाले र माओवादीका नेताहरूले “संविधान र संसद्को फ्रेमभित्रै समाधान खोज्नुपर्ने” जोड दिए।

दलहरू कार्कीलाई प्रधानमन्त्री बनाउन तयार देखिएका छन्, तर संविधानमा अस्थायी प्रावधान थपेर गैर–सांसदलाई सीमित समयका लागि प्रधानमन्त्री बनाउने विकल्प खोज्नुपर्ने उनीहरूको सुझाव छ। कांग्रेस र माओवादी नेताहरूले यसैलाई व्यवहार्य बाटो भन्दै समर्थन गरेका छन्।

तर, जेनजी पक्षले संसद् नै विघटन नगरी अघि बढ्न नसकिने अडान दोहोर्याएको छ। प्रतिनिधि रक्षा बमले भनिन्, “आन्दोलनको मर्म नै संसद् प्रति विश्वास छैन भन्ने हो, त्यसैले संसद् विघटन हुनुपर्छ।”

यसबीच, राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहित दलका शीर्ष नेताहरूसँग परामर्श गरेका छन्। नेपाली सेनाले चाहिँ संसद् रहने वा नरहनेबारे स्पष्ट धारणा नदिई, संवादमै समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

शुक्रबार बिहान फेरि छलफल बस्ने तय गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *