वीरगन्ज :

सुवर्णपुरमा मुलुककै सबैभन्दा ठूलो गाई फार्म, मासिक २५ हजार लिटर दुध उत्पादन

सुवर्णपुरमा मुलुककै सबैभन्दा ठूलो गाई फार्म, मासिक २५ हजार लिटर दुध उत्पादन

श्रेणी : BANNER

2 years
Pradeep Sah
9Views
0 Shares

वीरगंज (पर्सा), ८ चैत / पर्साको सुवर्णपुरमा मुलुककै सबै भन्दा ठूलो गाई फार्म खुलेको छ । स्वचालित प्राविधिबाट सुरु गरिएको गाई पालनबाट २५ हजार लिटर दुध उत्पादन गर्ने फर्मको लक्ष्य रहेको छ । यो गाई फार्ममा दुघ उत्पादन देखि जैबिक मल, गोबर ग्यास र बिजुली समेत उत्पादन भइरहेको छ । पर्साको दुर्गम गाउपालिकाको रुपमा रहेको ठोरीको सुर्वणपुरमा मुलुककै सबै भन्दा ठूलो गाई फार्मको निर्माण गरिएको छ ।
लगभग तिन बर्ष अघी १ सय ५३ करोडको लागतमा निमार्ण गर्न थालिएको कलश कैटल फार्मिगं प्राइभेट लिमिटेड कारोनाका कारण बढेको आर्थिक मारले दाना उत्पादन उधोगलाई स्थगीत गर्दै गाइपालन फर्मलाई संचालन सुरु गरेको छ । इजरायली प्रविधिबाट पुर्ण स्वचालित मशिनहरुबाट भइरहेको गाई पालन उधोगमा १ हजार गाइ पालनको व्यस्था गरिएको छ । कलश क्याटल फार्म प्रालिमा पालिएका होलेस्टेन जातका १ सय ५० गाईहरु अहिले दैनिक १ हजार लिटर दुध दिई रहेका छन् । इजरायली प्रविधिबाट पूर्ण स्वचालित एवम कम्प्युटराइज मेशिनको सहयोगमा गाई पालन देखि दुध संकलन सम्मको प्रविधि अपनाइएको यो मुलककै पहिलो फार्म भएको संचालक यादवको दाबी पनि छ । मेशिनबाट एउटा गाई दुहुन ५ मिनेट लाग्ने र एक पटकमा ४० वटा गाई मेशिनले दुहुन सक्छ उनी बताउछन् ।
गोबर सोहोर्न पनि स्वचालित मेशिनकै प्रयोग गरिएको छ । गाईलाई गर्मी नहोस् भनि ठूला ठूला पंखा र पानीको फोहोरा (स्प्रिकल) समेतको व्यवस्था अत्याधुनिक गोठमै गरिएको छ । गाई र तिनका बाच्छा बाच्छीको स्याहार गर्न दैनिक २ चिकित्सकको टोली फार्ममा खटिने गरेका छन । फार्ममा गाई पालनबाट दुध उत्पादन मात्र गरिएको छैन । गोबरबाट बायो ग्यास र बायोग्यासबाट जेनेरेटरको माध्यमबाट बिजुली उत्पादन देखि जैविक मल समेत उत्पादन भइरहेको छ । फर्म पुर्ण रुपमा संचालनमा आएपछि गोबरग्यास प्लान्टबाट बिजुली उत्पादनसंगै १सय बटा सिएनजी ग्यास भरेर उधोगहरुमा सप्लाई गर्ने लक्ष्य राखिएको छ ।
अहिले १ सय ५० वटा गाइपालनबाट दैनिक १ टन सिएनजी ग्यास र १ टन जैविक मल उत्पादन गरिनुका साथै फार्मलाई चाहिने विद्युत दैनिक ५ घण्टा सम्म उत्पादन र प्रयोग भइरहेको छ । सफ्टवेयर इन्जिनियरको पेशा त्यागेर दुग्धजन्य बस्तुको उत्पादन र त्यससंगै दूध उत्पादनको पूर्णकालिन पेशामा समर्पित भएका यादवले १३ बिघा क्षेत्रफलमा क्याटल फार्मिङ सन्चालन गरेका छन् ।
एक बर्षमै गाईको संख्या बढाएर १ हजार बनाउने र दैनिक २५ हजार लिटर सम्म दूध उत्पादन गर्ने फर्मको लक्ष्य रहेको छ । यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।उद्योगबाट उत्पादित दुग्धजन्य बस्तुहरु बिक्री बितरण गर्ने डेरी हब नामक ५ वटा आउटलेटहरु हाल सन्चालनमा छन् । ७७ करोड रुपैया लागतको यो फार्ममा हाल सम्म ५० करोड रुपैया लगानी भई सकेको संचालन यादवको भनाइ छ । पूर्वाधार निर्माणमा ठूलो धनराशी खर्च भई सकेकाले अब थप ८ सय ५० गाई खरिदमा करीब २७ करोड रुपैया लगानी गर्ने योजना यादवले सुनाए ।
१ बर्ष भित्र पूर्ण क्षमतामा सन्चालनमा आई सकेपछि थप २३ जना गरी कूल ४० जनालाई फार्मले प्रत्यक्ष रोजगारी दिने यादव बताउछन् । मुलुकमा कम्तिमा पनि २५लाख लिटर दुधको आवश्यकता भएपनि ५देखि ६लाख लिटरसम्म उत्पादन हुने गरेको छ । सरकारबाट दिने गरिको अनुदान पनि कमिशन र पहुचको भरमा बितरण हुने गरेको छ । प्रत्येक व्यक्तिको लागी औषधी जति आवश्यकता रहेको दुधपनि हो तर पावडर र बाह्य निर्भरतामा चलिरहेको दुधको परिपुर्तिको लागी राज्यको खासै ध्यान पुग्न सकेको छैन । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *