काठमाडौं,२२ चैत । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ परेका अग्रवाललाई बहसपछि अनुसन्धानका लागि थप समय दिइएको हो। अदालतका प्रवक्ता दीपक कुमार श्रेष्ठले म्याद थप भएको जानकारी दिएका छन्।
हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालमाथि विस्तृत अनुसन्धान गरिरहेको छ।
यसअघि पनि उनी २०७६ सालमा थर्मल गन महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोपमा पक्राउ परेका थिए, जहाँ पछि तारेखमा रिहा भएका थिए।
यसै प्रकरणमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि पक्राउ गरिएको भए पनि बयानपछि रिहा गरिएको छ।
शंकर ग्रुप देशका ठूला व्यापारिक समूहहरूमध्ये एक हो, जसले स्टिल, सिमेन्ट, जलविद्युत् तथा उपभोक्ता सामग्री क्षेत्रमा लगानी गर्दै आएको छ।

प्रतिक्रिया