
श्रेणी : राजनीति
57Views
0
Shares
सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । ३४ हजार ६२५ मत प्राप्त गरी थानी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत कुमार बीसीले २९ हजार ५५८ मत प्राप्त गरेका छन् ।
थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा जित निकालेका छन् । थानी २०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थिए । हारको बदला यो पटक थानीले गठबन्धनको बलमा लिएका छन् । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया