श्रेणी : मधेस
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर – २१ लिपनीविर्तामा रहेको शक्ति युवा क्लबको प्रथम बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत तीन नम्बर पुल खोलामा क्लबको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
क्लबको प्रथम बार्षिक साधारणसभाले निर्वतमान उपाध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित क्लबको वरिष्ठ उपाध्यक्षमा संजय मण्डल, प्रथम उपाध्यक्षमा दिपक यादव, द्वितीय उपाध्यक्षमा हुलास यादव, महासचिवमा ध्रुव प्रसाद साह, सचिवमा कैलाश मण्डल, कोषाध्यक्षमा सोनालाल मण्डल रहेका छन ।
यस्तै सदस्यहरुमा उमेद राम, सरोज यादव, तिवारी यादव, मनोज मिश्रा, सन्तोष शर्मा, हसनैन आलम, सलिम आलम, सम्साद आलम, रमेश सरार्फ, अभिषेक ठाकुर, मनिर आलम र इमाम आलम रहेका छन ।
त्यस्तै साधारणसभाले तीन सदस्यीय क्लबको सल्लाहकार समिति पनि चयन गरेको छ । नवनियुक्त सल्लाहकार समितिमा नागमणी उपाध्याय , मोबिन आलम र क्लबका निवर्तमान अध्यक्ष राजमहम्द मिया रहेका छन ।
साधारणसभाले क्लबमा आवद्ध भएका सदस्यहरूलाई एकीकृत गर्दै ५१ सदस्यीय साधारण सदस्य बनाएको छ ।
क्लबका निवर्तमान अध्यक्ष राजमहम्द मिया अध्यक्षतामा भएको साधारणसभाको उदघाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री राउत कुर्मीले गरेका थिए । साधारणसभा कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव, मोबिन आलम, समाजसेवी नागमणी उपाध्याय, युवा ब्यवसायी मनोज यादव, रामादेश यादव सहितका अतिथिहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया