
श्रेणी : BANNER
काठमाडौं । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्स रे प्राविधिक सरोज श्रेष्ठलाई पक्राउ गरेको हो । यस्तै भन्सार एजेन्टहरु सिन्धुपाल्चोकका यादव पराजुली, चितवन मेघौलीका सुदर्शन गौतम र झापा गौरादहकी रुक्मिला सुब्बा पक्राउ परेका हुन् ।
यो प्रकरणमा यसअघि १० जना पक्राउ परेका थिए । विभागले थप ६ जनालाई पक्राउ गरेको हो । विभागले अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको छ ।
गत बुधबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत कार्गे गरेर ल्याइएको मोटरसाइल बे्रकसुमा सुन फेला पारेको थियो । भन्सार पास भएर बाहिरिएपछि विमानस्थल बाहिरबाट ट्याक्सीबाट सुन बरामद भएको थियो । राष्ट्र बैंकले जोख्दा ब्रेकसुसहित १५५ केजी तौल देखिएको छ ।

प्रतिक्रिया