वीरगन्ज :

सुन तस्करी प्रकरणः पक्राउ परेका दुई चिनियाँ र एक नेपाली रिहा

श्रेणी : BANNER

2 years
birgunj report
52Views
0 Shares

काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक र एक नेपाली व्यवसायी रिहा भएका छन् । शुक्रबार अध्यागमन विभागले नियन्त्रणमा लिएका दुई जना चिनियाँ नागरिक ली जियालिङ र लिउ फुयान र नेपाली व्यवसायी रोहन अडुकिया शनिबार रिहा भएका हुन् ।

तस्करीमा संलग्न भएको पुष्टि हुने आधार नदेखिएपछि उनीहरुलाई रिहा गरएको हो । शनिबार बिहान अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यवसायी रोहन अडुकिया छुटेका छन् । तस्करीमा उनीहरूको संलग्नता नदेखिएकाले शनिबार रिहा गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

राजश्व अनुसन्धान विभागको सिफारिसमा अडुकियालाई एक सय किलो सुन तस्करी प्रकरणमा कालोसूचीमा राखिएको थियो । अध्यागमनले नियन्त्रणमा लिएपछि शुक्रबार आन्तरिक राजश्व विभागलाई बुझ्नका लागि पत्राचार गरेको थियो। तर विभागले भने यो प्रकरणको सबै अनुसन्धान सीआईबीले गरिरहेको भन्दै बुझ्न मानेका थिए ।

साँझ राजश्व अनुसन्धान विभागले सीआईबीलाई बुझाउन खोज्दा सीआईबीले यो प्रकरणमा उनको संलग्नता पुष्टि हुने आधार नभएको भन्दै बुझ्न मानेन । दुवै निकायले बुझ्न नमानेपछि अध्यागमनले नै रातभर अडुकियालाई राखेको थियो। सीआईबी र राजश्वले बुझ्न नमान्दा शनिबार भने उनलाई छाडिएको छ। उनलाई अध्यागमनले बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *