
श्रेणी : BANNER
12Views
0
Shares
काठमाडौ । सुन तस्करी प्रकरणपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख परिवर्तन गरेको छ । सरकारले अरुण पोखरेलको ठाउँमा डा. टोकराज पाण्डेलाई पठाएको हो ।
राष्ट्रिय किताब खानाको महानिर्देशकबाट भर्खरै अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् । भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन् ।
उनी विदामा भएका बेला गतसाता एक क्वीन्टल सुन भन्सार जाँचपास गरी बाहिरिएको थियो । त्यसपछि सरकारले भन्सार प्रमुख परिवर्तन गरेको हो । बिदामा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया