वीरगन्ज :

सुनुवाइ समितिका लागि तीन दिनभित्र नाम दिन दलहरुलाई सभामुखको आग्रह

श्रेणी : BANNER

2 years
birgunj report
30Views
0 Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ विशेष समितिसहित दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन् ।

आइतबार प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक र कार्यव्यवस्थामा प्रतिनिधित्व गर्ने नेताहरूलाई तीन दिनभित्र समितिहरूमा रहने सदस्यहरूको नाम बुझाउन निर्देशन दिएका हुन् । प्रतिनिधि सभाका १२ समितिमध्ये १० वटा समितिमा रहने सदस्यहरुको नाम यसअघि नै टुंगिसकेको छ ।

संघीय संसदको संसदीय सुनुवाइ समिति गठन नहुँदा प्रधानन्यायाधीश, न्यायाधीश लगायतको नियुक्ति प्रक्रिया रोकिने भएको छ । त्यस्तै, संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति पनि गठन भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *