वीरगन्ज :

सुनिता बुढामगरको ‘झिलीमिली तिहार’

श्रेणी : कला / साहित्य

2 years
birgunj report
113Views
0 Shares

‘आयो हजुर देउसी र भैलो’
‘यही घरमा गर्नलाई रमाइलो’
‘यही घरमा आएऔँ ज्यान फालेर’
‘अँध्यारोमा लालटिन बालेर’

नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक–गायिका पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले गाएको ‘झिलीमिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ । गायक पौडेलको लय र शब्द सङ्कलन रहेको गीतलाई रमेश सेन्टीको म्युजिक एरेन्जर रहेको छ ।

गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरेका हुन् । गीतलाई कपिल लामाले निर्देशन गरेका छन् ।

गीतमा आउँदै गरेको नेपालीको दोस्रो महान चाडका समयमा देउसीभैलो खेल्दै देउसो भट्याउँदै घरबेटीलाई आशिष पनि दिइएको छ । भैलोसँगै भैलोको बीच–बीचमा लोकगीतका टुक्का प्रस्तुत गरिएको गायक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *