
श्रेणी : BANNER
45Views
0
Shares
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राई १७ हजार ५९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले १६ हजार ६ सय ६ मत पाइन् ।
राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ले ७ हजार ८ सय ८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोले ७ हजार ८ सय १२, मेयर हर्क साम्पाङको टिम भनिएका तर्कबहादुर मगरले ३ हजार ८ सय १८ पाएका छन् ।

प्रतिक्रिया