श्रेणी : प्रदेश
काठमाडौं, २१ पुस । सरकारले सुदूरपश्चिम र जाजरकोट जिल्लामा गएको भूकम्प र बाढीको विस्तृत मूल्याङ्कन (डिडिए) गर्ने निर्णय गरेको छ।
गृहमन्त्री रमेश लेखकले आइतबार सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्प र बाढीका कारण भएको क्षतिको मूल्याङ्कन गर्नका लागि डिडिए प्रक्रिया सुरु गर्ने निर्णय भएको बताए ।
त्यसैगरी, बैठकले गत असोजमा काठमाडौँमा आएको बाढी र पहिरोको क्षतिको पनि विस्तृत मूल्याङ्कन गर्ने निर्णय गरेको गृहमन्त्री लेखकले जानकारी दिए ।
उनले थप भने, “डिडिए सम्पन्न भएका क्षेत्रहरूमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माण कार्य सुरु गर्ने निर्णय भएको छ ।”
सुदूरपश्चिम र जाजरकोटमा भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि कानुनी र आर्थिक पहलहरूबारे पनि छलफल भएको गृहमन्त्रीले बताए ।
यी निर्णयहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेश गरिने र त्यसपछि कार्यान्वयन चरणमा जाने उल्लेख गरेका छन् ।
प्रतिक्रिया