
श्रेणी : राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले देखाइदिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको भविष्य सकियो भन्नेहरुलाई सुदूरपश्चिम सरकारमा उदाएर देखाएको बताएका हुन् ।
उनले आफूहरुले सुदूरपश्चिममा एमालेलाई धक्का दिएको समेत बताए । उनले भने, ‘ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो पहिलो शुरुवात हो । सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ भन्दा एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ ?’
उनले नेकपा एमालेले अहिले धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएको राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गरे । अध्यक्ष नेपालले एमालेले अन्तिममा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए ।


प्रतिक्रिया