
श्रेणी : BANNER
69Views
0
Shares
धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा नरेशबहादुर शाही नियुक्त भएका छन् ।
शुक्रबार दुबै जना मन्त्रीमा नियुक्त भएका हुन् । नेकपा एकीकृत समाजवादीबाट शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन्। उनलाई मन्त्री बनाउने एकीकृत समाजवादीले निर्णय गरेको थियो । शाही बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
यसअघि नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित शाही र देउवालाई मन्त्रीको शपथ गराए ।
नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख जोशीले शाहलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए र


प्रतिक्रिया