वीरगन्ज :

सुत्केरी महिलाले नारायणी अस्पतालमा निःशुल्क रगत पाउने

श्रेणी : मधेस

6 months
Pradeep Sah
1.6kViews
1987 Shares

वीरगंज (पर्सा), २१ असोज । वीरगंजकाे नारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलाले अब रक्त सञ्चार केन्द्र वीरगन्जबाट निःशुल्क रगत पाउने भएका छन् । नारायणी अस्पतालमा आउने सुत्केरी महिलालाई निशुल्क रगत उपलब्ध गराउन साेमबार नेपाल रेडक्रस साेसाइटी पर्सा शाखा र नरायणी अस्पताल बिच सम्झाैता भएकाे छ । अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलाको उपचारमा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने र त्यसबापतको लाग्ने शुल्क अस्पतालले केन्द्रलाई तिर्ने सम्झौता भएको हो ।

उक्त सम्झाैता पत्रमा रेडक्रस पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल र नारायणी अस्पतालका प्रमुख मेसु डा. चुमनलाल दासले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा नाारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने, रक्त सञ्चार केन्द्रबाट सुत्केरी महिलालाई उपलब्ध गराउने रगतको शुल्कको हिसाब रक्त सञ्चार केन्द्रले हरेक महिनाको ५ गते अस्पताललाई बुझाउने र अस्पतालले त्यही महिनाभित्रमा उक्त रकम उपलब्ध गराउने उल्लेख छ ।

सम्झौतापत्र आदान प्रदान कार्यक्रममा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ता, रेडक्रस साोसाइटी पर्साकी उपसभापति मधु राणा, मन्त्री शैलेन्द्र चौरसिया, रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे लगायतकोपनि उपस्थिती थियो । रक्त सञ्चार केन्द्रले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको ब्याग, क्रस म्याच, ग्रुपीङ एंव परिक्षण बापत पप्रति युनिट रगतको १ हजार ५० रुपैयाँ शुल्क लिने गरेको छ । नारायणी अस्पतालमा प्रत्येक दिन औसतमा २५ देखि ३० जना महिलाले सुत्केरी सेवा लिदै आएको अस्पताल प्रशासनले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *