वीरगन्ज :

सुडानमा २४ घण्टे युद्धविराम सकिएपछि पुनः झडप सुरू

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
23Views
0 Shares

सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को नेतृत्व सम्हालिरहेका उनका पूर्व सहयोगी मोहमद हमदान डग्लोको समूहबीच आपसी भिडन्त भएको थियो ।

युद्धविराम सम्झौताको पछिल्लो शृङ्खलाले राजधानी खार्तुममा फसेका सर्वसाधारणलाई बाहिर जान र खाद्यान्न तथा अन्य आवश्यक सामग्री भण्डारण गर्न मौका दिएको छ । स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको युद्धविरामको अवधि सकिएको १० मिनेटपछि नै राजधानीमा पुनः गोलाबारी र झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

खार्तुम र यसको उत्तरमा रहेको ओमदुरमान शहरमा भीषण गोलाबारीको आवाज सुनिएको र राजधानीको दक्षिणमा रहेको प्रमुख मार्ग अल–हवा स्ट्रिटमा पनि भिडन्त सुरु भएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *