वीरगन्ज :

सुडानबाट भागेर इथियोपिया पुगेकालाई सहयोग गर्न राष्ट्रसङ्घको अपील

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
47Views
0 Shares

सुडानमा जारी सुरक्षा अवस्थाका कारण इथियोपिया प्रवेश गर्ने मानिसहरूको आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले थप रकमको लागि अपील गरेको छ ।

युएनओसीएचएले जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा सुडानबाट करिब ८५ हजार मानिस इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको र यस्तो अवस्थामा मानवीय आवश्यकता तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ ।

युएनओसीएचएको तथ्याङ्कअनुसार अप्रिल २१ देखि मे १६ को बीचमा इथियोपियाको उत्तरपश्चिमी अम्हारा क्षेत्रको मेटेमा सीमा नाकामा ६४ भन्दा बढी देशका २२ हजार ६०० भन्दा बढी मानिस जम्मा भइसकेका छन् ।

मेटेमाले अहिले सुडानमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सबैभन्दा ठूलो हिस्सा प्राप्त गरिरहेको छ । युएनओसीएचएका अनुसार सुडानको राजधानी खार्तूम शहरबाट आउने विदेशीको सङ्ख्या कुल आगमनको ७६ प्रतिशत हो ।

तीमध्ये करिब १८ प्रतिशत ओमदुरमान शहरका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले सुडानमा जारी सङ्कट र हिंसाबाट प्रभावित जनतालाई मानवीय सहायता प्रदान गर्न २० करोड ९० लाख अमेरिकी डलरको अपील गर्दै एक प्रतिकार्य योजना सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *