वीरगन्ज :

सीमा क्षेत्रमा १० हजार बढी सशस्त्र प्रहरी परिचालन

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
2.9kViews
1795 Shares

वीरगन्ज,२५ बैशाख । पछिल्लो समयमा विकसित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाईन्ट राखेको छ ।

बैशाख २३ गते मंगलबार बिहानदेखि बिहिबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोल गरिएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोल बैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ ।

त्यस्तै एकल पट्रोल बैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको छ । सोही अवधिमा सीमा इलाकाका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाईन्ट राखिएको छ । बैशाख २३ गते ५ सय ६४, बैशाख २४ गते ६ सय ४० र बैशाख २५ गते ६ सय ४० ठाउँमा गरी १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाईन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा चेकजाँच कार्यलाई निरन्तरता दिईएको सहप्रवक्ता थापाले बताए ।

उक्त क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुुर, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरुबाट १० हजार भन्दा बढि सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्य समेत कडाईकासाथ गरिएको छ ।

तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य समेत गरिएको सहप्रवक्ता थापाले बताए । यसैगरी शहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *