वीरगन्ज :

सीमा अतिक्रमणको विषयमा बोल्दा प्रधानमन्त्रीलाई सरकार ढल्ने डर छः अध्यक्ष ओली

श्रेणी : BANNER

2 years
birgunj report
53Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भारत भ्रमणमा जाँदा सीमा अतिक्रमणको विषय उठाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डले भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न नसक्ने आरोप लगाए ।

सीमा अतिक्रमणका विषयमा बोल्दा सरकार ढल्ने भएकाले प्रधानमन्त्री प्रचण्डले नेपाली भूमिमाथिको दाबेदारी प्रस्तुत नगर्ने अध्यक्ष ओलीले बताए ।

प्रधानमन्त्री भारत भ्रमणमा जान लागेको भन्दै अध्यक्ष ओलीले त्यसक्रममा नेपालको भूमिमाथिको दाबेदारी प्रस्तुत गर्न सुझाव दिए । साथै उनले भारतबाट अतिक्रमण भएको नेपाली भूमिबारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *