वीरगन्ज :

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्ड र दुई छोरीले दिए दागबत्ती

श्रेणी : BANNER

2 years
birgunj report
50Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । दाहाललाई प्रधानमन्त्री प्रचण्ड र छोरीहरु रेनु तथा गंगा दाहालले दागबत्ती दिएका छन् ।

बिहान नर्भिक अस्पतालमा निधन भएकी दाहालको बुधबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि दुर्लभ पार्किन्सन रोगले ग्रसित दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *