वीरगन्ज :

सीके राउत, बाबुराम र रेशम चौधरी नेतृत्वको पार्टीबिच एकता गर्ने तयारी

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
2.0kViews
1881 Shares

काठमाडौँ, ९ चैत्र ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिकी नेतृ मानुषी यमी भट्टराईले नागरिक जनमुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा भाग लिइ पार्टी एकताका लागि शुभकामना दिएका छन्। यस बैठकको सुरुवात शुक्रबारदेखि भएको हो ।

दोस्रो दिनको बैठकमा राउत र भट्टराईले पार्टी एकताको महत्त्व जोड्दै शुभकामना दिएका छन्। यसअघि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई बैठकमा शुभकामना दिन अनुरोध गरिएको थियो, तर उनले आफ्नो छोरी मानुषीलाई पठाएर शुभकामना दिए ।

यसको माध्यमबाट तीन दल बीचको एकता प्रक्रिया अघि बढाउने संकेत प्राप्त भएको छ। डा. सीके राउत र रेशम चौधरीले एकताका लागि अध्यक्ष भट्टराईसँग प्रस्ताव गरिसकेका छन्, जसका बारेमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले सकारात्मक प्रतिक्रिया जनाएका छन्। भट्टराईले एकताप्रति सकारात्मक सोच राख्दै बैठकमा भने, “तपाईंहरु एकता गरेर अगाडि बढ्नुहोस्, म पछि आइपुग्नेछु ।”

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका बीच एकीकरण प्रक्रिया अघि बढ्दै गइरहेको छ, र यस बारेमा चौधरीले खुलासा गरेका छन्। उनले भने, “यदि २०७९ को चुनावभन्दा पहिला एकीकरण भएको भए, मधेसमा राम्रो नतिजा आउन सक्थ्यो। अब त्यस्तो गल्ती गर्न हुँदैन, चाँडै एकीकरण गरेर अगाडि बढ्नुपर्छ।”

एकता प्रक्रिया र कार्यदल गठनमा सहमति जनाउँदै राउत र चौधरीले एकीकरणका लागि ढिला नगर्न आवश्यक रहेको उल्लेख गरे। यस बीचमा, नागरिक उन्मुक्ति पार्टीका बैठकमा एकीकरणको दस्ताबेजमा छलफल भइरहेको छ र यसबारे औपचारिक निर्णय चाँडै हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *