वीरगन्ज :

सीके राउतसँगको भेटपछि बाबुरामले भने-उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भए

श्रेणी : राष्ट्रिय

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच सोमबार भेटवार्ता भएको हो । सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै भट्टराईले सिंहदरबारमा भेट्दा औंला उठाउनेहरु आज गलत सावित भएका बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल । मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुसी ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *