वीरगन्ज :

सीके राउतले चेतावनी : जेनजी आन्दोलनको दुरुपयोग भए देश १० वर्ष अस्थिरतामा

श्रेणी : देश

2 days
Pradeep Sah
2.4kViews
1323 Shares

काठमाडौं,२६ भदौ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलन दुरुपयोग हुन नदिन सचेत गराउँदै संसद् र संविधानको सम्मान कायम राख्न अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै राउतले भनेका छन्, “राज्यका महत्वपूर्ण अंगहरू जलेर खरानी हुनु, वर्षौं मेहनतपछि प्राप्त संविधान खारेज गर्नु र निर्वाचित संसद् भंग गर्नु देशका लागि ठूलो जोखिम हो। यस्तो भए देशमा १० वर्षसम्म अस्थिरता र अनिर्णयको अवस्था सिर्जना हुनेछ।”

उनले संविधान संशोधनको आवश्यकता भए पनि वर्तमान संसद् कायम राखेर आगामी निर्वाचनसम्म वैध निर्णय लिनुपर्ने बताए। राउतले आन्दोलनपछिको अवस्थालाई एउटा निश्चित वर्ग वा समुदायको मात्र नभई सम्पूर्ण जनताको सहभागितामा निर्णय हुनुपर्ने बताए।

अन्त्यमा उनले जेनजी पुस्तालाई अपिल गर्दै भने, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तोसुकै परिस्थितिमा रक्षा गर्न तयार रहनुपर्छ। संविधान र संसद्को संरक्षण गर्नु अहिलेको प्राथमिकता हो, अन्यथा भविष्य १० वर्ष चुनौतीपूर्ण हुनेछ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *