वीरगन्ज :

सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.0kViews
1558 Shares

वीरगन्ज,०३ पुस । वीरगन्जबाट हेटौँडा हुँदै सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले उक्त सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्रे गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

सडक स्तरोन्नतिका निम्ति कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोक पथ, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिङ सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *