वीरगन्ज :

सिर्सियामा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, ३ घाइते

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.1kViews
1493 Shares

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ मौजे सिर्सिया सडक खण्डमा बिहिबार विहान दुई वटा माेटरसाइकल एकआपसमा ठाेकिदा एक जनाकाे ज्यान गएकाे छ भने ३ जना घाइते भएका छन् ।

 

 

सिर्सियाबाट ड्राईपोर्ट तर्फ आउँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र ड्राईपोर्टबाट सिर्सिय तर्फ जाँदै गरेको ना ३१ प ३८३५ नम्बरकाे मोटरसाइकल एक आपसमा ठक्कर खाँदा वीरगंज महानगरपालिकाकाे वडा नं. २५ मौजे सिर्सियाका २५ बर्षिय अर्जुन पटेलको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

 

माेटरसाइकलमा सवार साेही ठाउँ निवासी २० बर्षिय आकाश पटेल, अर्काे माेटरसाइकल चालक १५ बर्षिय कनैया चर्तुवेदी र साे माेटरसाइकल सवार साेही ठाउँ निवासी १५ बर्षिय सामा पटेल घाइते भएकाे प्रवक्ता थापाले वताए । घाइते आकाशकाे टाउकोमा चोट लागेकाे छ, चतुर्वेदीकाे छातिमा चोट लागेकाे छ भने सामाकाे खुट्टा र टाउकोमा चोट लागेकाे छ ।

घाइते तीनै जनाकाे वीरगंजस्थित नेशनल मेडिकल मलेज तथा शिक्षण अस्पतालमा भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *