वीरगन्ज :

सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई दबाब दिन इरानको आग्रह

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
60Views
0 Shares

इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तरराष्ट्रिय सहायता पु¥याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गरेका छन् ।

प्रवक्ता नासेर कनानीले अर्ध–आधिकारिक मेहर समाचार एजेन्सीसँगको एक विशेष अन्तरवार्तामा यस्तो बताएका हुन् । टर्की र सिरियाली सरकार र जनताप्रति सहानुभूति व्यक्त गर्दै कनानीले आफ्नो देश प्रभावित दुई देशहरूमा उद्धार र चिकित्सा सहायता पठाउन तत्पर रहेको बताएका छन् । विगत नौ वर्षभन्दा बढी समयदेखि सिरियाले द्वन्द्वको सामना गरिरहेको छ ।

यसैबीच प्रवक्ताले अन्य देशहरूलाई अरब राज्यको घेराबन्दी हटाउन संयुक्त राज्य अमेरिकालाई दबाब दिन र अन्तराष्ट्रिय मानवीय सहायता पु¥याउन आग्रह गरेका छन् । संयुक्त राज्य अमेरिकाले सिरियाविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको छ जसका कारण त्यहाँ आवश्यक सामान र अन्तराष्ट्रिय मानवीय सहायता पठाउन कठिन भएको बताएका छन् ।

टर्की र छिमेकी सिरियामा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण पाँच हजार भन्दाबढी मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *