श्रेणी : खेलकुद
वीरगन्ज, पर्सा
सिराहा लाइ पराजित गर्दै बारा ले वीरगन्जमा जारी मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
वीरगन्जकाे आदर्शनगर रंगशालामा बुधबार भएकाे पहिलाे सेमिफाइनल खेलमा सिरहा विरुद्ध ३-० काे सहज जित निकाल्दै बाराले फाइनलकाे यात्रा तय गरेकाे हाे ।
खेल अवधिभर सिरहा माथि हाबी भएकाे बाराका लागि विवेक चाैधरीले दुई र कृपा चाैधरीले एक गाेल गरे । खेलकाे २३ ओैं मिनेटमा गाेल गरेर बारालाई अग्रता दिलाएका विवेकले ३७ ओैं मिनेटमा अर्काे गाेल थप्दै पहिलाे हाफमा २-० काे अग्रतामा पुर्याएका थिए ।
दाेश्राे हाफमा पनि सिरहामाथि हाबी नै देखिएकाे बाराका लागि खेलकाे ६१ ओैं मिनेटमा कृपाले गाेल गर्दै ३-० काे जित दिलाए ।
उक्त खेलकाे म्यान अफ दि म्याच बाराका लागि दुई गाेल गरेका विवेक घाेषित भए ।
उपाधिका लागि चैत १८ गते हुने फाइनलमा अब बाराले बिहीबार पर्सा र धनुषाा बिच हुने दाेश्राे सेमिफाइनल खेलकाे विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसकाे अवसरमा गिरिजाप्रसाद काेइराला फाउन्डेसनले आयाेजना गरेकाे हो।
प्रतियोगितमा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी गराए ।
नेपाली कांग्रेस पर्सा का जिल्ला सचिव तथा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथिमा खेल प्रतियोगिता भएको थियो भने खेल प्रतियोगितामा उप प्रमुख आलम ले खेलाडीहरु सँग हात मिलाइ रेफ्री लाइ बँल दिइ खेल प्रतियोगिता सुरु गराएका थिए।
प्रमुख अतिथी इम्तियाज आलमले खेल र जीवन एउटै रहेको र जसरी जीवनमा हरेक कुरा जितिँदैन, खेलमा पनि जित हार जे भए पनि स्वीकार्नु पर्ने प्रतिक्रिया दिए ।
जीवनको लामो यात्रामा मानिसको हार जित भइ नै रहन्छ, त्यसैगरी खेलकुदमा पनि सधैं जित्न सकिदैन । त्यसैले हारजित भइरहन्छ । खेल्ने र हारजित हुने भन्दा खेलमा भाग लिनु महत्वपूर्ण हो,’उनले भने । कुनै पनि राम्रो खेलाडी देशको नराम्रो नागरिक हुन सक्दैन भन्दै खेलकुदले मानिसमा समष्टिगत रूपमा असल गुणहरुको विकास गर्ने उनको विचार छ । खेलकै कारण मानिसको जीवन अनुशासित हुने र उसले हर क्षेत्रमा सफलता हासिल गर्ने उनले बताए ।
‘सफलता प्राप्त गर्न छोटो बाटो छैन इमान्दारीता र मेहेनतले मात्र सम्भव हुन्छ,’ उनले भने।
प्रतिक्रिया