वीरगन्ज :

सिराहामा नालामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

श्रेणी : मधेस

6 months
Pradeep Sah
1.8kViews
1708 Shares

जनकपुर,०७ वैशाख । सिराहाको मिर्चैया नगरपालिकामा नालामा डुबेर एक सानी बालिकाको मृत्यु भएको छ ।। मिर्चैया नगरपालिका–५ निवासी किसुन साफीकी ५ वर्षीया छोरी आसिका साफीको ज्यान जमेको पानीमा डुबेर गएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

शनिबार घरनजिकै रहेको नालामा जमेको पानीमा डुबेको अवस्थामा बालिकाको शव फेला परेको थियो। शव देखेपछि स्थानीयहरूले तुरुन्तै प्रहरीलाई जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डिएसपी बीरेन्द्र पामनका अनुसार, बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ।

यो घटनाले बालबालिकाको सुरक्षाको विषयमा पुनः चासो उत्पन्न गराएको छ। स्थानीय तह र सरोकारवाला निकायले यस्ता स्थानहरूमा उचित सुरक्षा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *