वीरगन्ज :

सिराहामा करेन्ट लागेर एकको मृत्यु

श्रेणी : मधेस

6 months
Pradeep Sah
2.7kViews
1678 Shares

जनकपुर,२ चैत्र । सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१३, ढुङ्गाना टोलमा करेन्ट लागेर २७ वर्षीय हेम खडकाको मृत्यु भएको हो ।खड्काको घर अगाडिको ११ केभी भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

खड्काको घर अगाडि तार चुँडिएको थियो । उक्त घटनामा परेका खड्का चिच्याउँदै लडे पनि तत्काल उद्धार हुन सकेन । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयसम्म लाइन नकटाएका कारण उनलाई बचाउन नसकिएको स्थानीय विनोद मण्डलले बताए ।

मृतक हेम खड्का ट्याङ्कर चालक थिए । केही वर्षअघि श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि उनी पाँच वर्षीय छोरीको अभिभावक बनेर जीवनयापन गरिरहेका थिए । उनको असामयिक निधनपछि छोरी बिचलि्लमा परेकी छिन ।

नेपाल विद्युत् प्राधिकरण लहान शाखाले ११ केभी भोल्टेज प्रसारण लाइनमा कमसल तार प्रयोग गरेको स्थानीयको आरोप छ ।

शव पोस्टमार्टमका लागि लहान स्थित प्रादेशिक अस्पतालमा राखिएको पासवानले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *