वीरगन्ज :

सिरहा बलात्कार घटना स् अदालतबाट तीन जनामाथि ५ दिनको म्याद थप

श्रेणी : अपराध

5 months
Pradeep Sah
2.4kViews
1451 Shares

जनकपुर,१३ फागुन । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा तीन जनामाथि ५ दिनको म्याद थप भएको छ । प्रहरीले उनीहरूमाथि सोमबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको हो ।

प्रहरीले आइतबार यो घटनामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको थियो । तर, त्यसमध्ये एक जना निर्दोष पाइएपछि छाडिएको र स्थानीय चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासमाथि थप अनुसन्धानका लागि अदालतबाट पहिलोपटक पाँच दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।

बलात्कार घटना सार्वजनिक भएपछि लेनदेन गरी मिलापत्र गराउने काममा उनीहरूको पनि संलग्नता प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
तर, घटनाका मुख्य आरोपितहरू भने अझै पक्राउ पर्न सकेका छैनन् । घटना सार्वजनिक भएपछि प्रहरीले बलात्कारमा संलग्न तीन र पञ्चायती गरेर घटना गाउँमै मिलाउन खोज्ने पाँच गरी आठ जनाविरुद्ध पीडित परिवारबाट गत बिहीबार कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहनको पूरक जाहेरी लिएको थियो ।
उनीहरूको मधेश प्रदेश प्रहरी, जिल्ला प्रहरी र लहानको इलाका प्रहरीको तीन वटा टोलीले खोजी गरिरहेको घटना छानबिन टोलीका संयोजक प्रदेश प्रहरीका एसएसपी शान्तिराज कोइरालाको भनाइ छ ।

गत माघ २७ को राति शौच गर्न बाहिर निस्केकी रिंकुकुमारी गाउँकै रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलको अपहरणपछि सामूहिक बलात्कारमा परेका थिइन् । तर, पीडितलाई प्रहरीमा पठाउनुको साटो वडासदस्य नथुनी साह, रामपुकार मण्डल, रामपृत साह, रामकृपाल मण्डल, विन्देश्वरलगायतले घटना गाउँमै मिलाउन पञ्चायती गरेका थिए ।
माघ २९ र ३० मा गाउँकै दलानमा भएको पञ्चायतीले पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।

तर, पञ्चायतीमा आरोपितका आफन्त बीच नै पैसा तिर्ने विषयमा विवाद भएको थियो । त्यसपछि किशोरी ३० गते साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *