वीरगन्ज :

सिरहामा फरक–फरक स्थानबाट चार जना लागुऔषधसहित पक्राउ

श्रेणी : अपराध

9 hours
Pradeep Sah
1.8kViews
1766 Shares

जनकपुर,१७ कातिक । सिरहामा प्रहरीले विशेष सक्रियता देखाउँदै एकै दिन फरक–फरक स्थानबाट चार जना व्यक्तिलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ। जिल्लाको लहान र कर्जन्हा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, गत २०८२ कात्तिक १६ गते साँझ ९ बजेको समयमा इलाका प्रहरी कार्यालय लहानको टोली गोप्य सूचनाका आधारमा लहान नगरपालिका वडा नं. ११, पडरिया टोलमा खटिएको थियो।सो क्रममा सुजित चौधरीको घरमा खानतलासी गर्दा प्लास्टिकमा बेरिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो, जसको कुल तौल प्लास्टिकसहित ४.८९ ग्राम र प्लास्टिक बाहेक ३.७० ग्राम रहेको छ। प्रहरीले उनको कोठाबाट डिजिटल तराजु, खुर्पा र मोबाइलसमेत बरामद गरी २३ वर्षीय चौधरीलाई नियन्त्रणमा लिएको छ।

सोही राति करिब ११ः२० बजे पडरिया टोलबाट नै लागुऔषध सेवन तथा बिक्री वितरणको सूचनाका आधारमा प्रहरीले २६ वर्षीय योगेश्वर चौधरीको शरीर र कोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा कालो प्लास्टिकको झोलाभित्र रहेको प्लास्टिकको पोकाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो। यसको तौल प्लास्टिकसहित ७.५५ ग्राम र प्लास्टिक बाहेक ६.५० ग्राम रहेको छ। साथै, २ थान कैची, चिलम र स्टिलको चक्कु पनि बरामद गरी चौधरीलाई पक्राउ गरिएको छ।

यसैगरी, राति ११ः४० बजे पडरिया टोलमा प्रहरीले ४३ वर्षीय मनोज चौधरीलाई उनको घरको आँगनबाट नियन्त्रणमा लिएको थियो। उनको घरको सिँढी नजिक ढकियाभित्र घाँसले छोपी राखिएको स्टिलको प्लेट माथि चुरोटको खोलभित्र खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। यसको तौल प्लास्टिक बाहेक ०.२० मिलिग्राम रहेको छ। मनोज चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सोही दिन राति ८ः४५ बजेको समयमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको गस्ती टोलीले सिरहाको कर्जन्हा नगरपालिका वडा नं.४, भुलके चौक नजिकै पैदल हिँडिरहेका एक व्यक्तिलाई शंकाको आधारमा चेकजाँच गरेको थियो। मकवानपुर गढी नगरपालिका वडा नं. ०४ बस्ने २७ वर्षीय रविन कुमार तिमल्सिनाले बोकेको कालो झोलाभित्र नाइट्राजेपाम ट्याबलेटको ४ पत्तामा जम्मा १८ पिस ट्याबलेट फेला परेपछि तिमल्सिनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका सबै चारै जनामाथि सम्बन्धित इलाका प्रहरी कार्यालयहरूबाट लागुऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *