वीरगन्ज :

सिरहामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.7kViews
1038 Shares

जनकपुर,११ फागुन । सिरहामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

पहिलो दुर्घटना मिर्चैया नगरपालिका-७ स्थित राजमार्गमा बिहान ६ बजे भएको हो। कटारीबाट मिर्चैयातर्फ जाँदै गरेको पिकअप (प्र ३–०१–०२२ च ८७६४) रोकी राखिएको ट्रक (प्र २–०१–००१ ख ००३६) मा ठोक्किँदा सिन्धुली, दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा पिकअप चालक सागर सुनार गम्भीर घाइते भएका छन्, जसलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

त्यस्तै, दोस्रो दुर्घटना बिहान ११ बजे धनगढीमाई नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गमा भएको हो। लहानतर्फ जाँदै गरेको टिपर (प्र २–०१–००१ ख ०१२१) ले मोटरसाइकल (प्र २–०३–०१६ प ०८३४) लाई पछाडिबाट ठक्कर दिँदा मिर्चैया नगरपालिका-५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ।

गम्भीर घाइते भएका साहलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो, तर अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *