वीरगन्ज :

सिरहामा ट्र्याक्टरबाट खस्दा युवकको मृत्यु

श्रेणी : मधेस

9 months
Pradeep Sah
1.8kViews
1359 Shares

जनकपुर,१६ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई–१० धनगढीचोकमा ट्र्याक्टरबाट खसेर किचिँदा एक युवकको मृत्यु भएको छ।

कर्जन्हा नगरपालिका–६ का २५ वर्षीय सुरेश मुखियाको ट्र्याक्टरमा सवार रहँदा अचानक खस्दा सोही ट्र्याक्टरको बयाँ चक्कामुनि परी गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासमानका अनुसार लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा उपचारका क्रममा मुखियाको मृत्यु भएको हो।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *