श्रेणी : मधेस
जनकपुरधाम, १५ पुस । सिरहाको गोलबजारमा भुस्याहा कुकुरको टोकाइबाट ५ जना घाइते भएका छन्। गोलबजार नगरपालिका १२ बेतौनामा झुस्याहा कुकुरको टोकाइबाट ५० वर्षीय सुधराम मण्डल, ६० वर्षीय देविका राम, ४५ वर्षीय कपलेशरी देवी मण्डल, २३ वर्षीय विजय मण्डल र एक १६ वर्षिया बालिका, घाइते भएका हुन् ।
गाउँ घर आँगनमै बसिरहेको अवस्थामा गत बिहीबार एउटै कुकुरले पाँच जनालाई पालैपाटो झम्टेर टोकेको स्थानीय रामदेव यादवले जानकारी दिए।
उनका अनुसार घाइतेहरूको सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पताल र जनकपुरमा उपचार भइरहेको छ ।
भुस्याहा कुकुरहरुले चरनमा रहेका १० वटा बाख्रा र बाख्राका पाठा पाठीसमेत खाइदिएको स्थानीयले जानकारी दिए। कुकुरले प्रदीप मण्डल, नागेर मण्डलसहित व्यक्तिहरूको १० वटा बाख्रा मारेर खाएको बताए। कुकुरको आक्रमणपछि स्थानीय त्रसित भएका छन् ।
प्रतिक्रिया