श्रेणी : अन्तर्राष्ट्रिय
बारा,१० पुस । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा प्रहरीले ४३ केजी लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ। गस्ती टोलीले सादा पोसाकमा खटिँदै सो कार पक्राउ गरेको हो।
सुवर्ण गाउँपालिकाको तेलकुवाबाट सिम्रौनगढतर्फ आउँदै गरेको बिआर 01 एयू 1107 नम्बरको भारतीय कारमा चेकजाँच गर्ने क्रममा प्लास्टिकले बेरेर राखिएको पाँचवटा प्याकेटमा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका निरीक्षक नवीन राईका अनुसार, गस्ती टोलीलाई देखेपछि कार चालक फरार भएका छन्। बरामद गाँजा प्रहरीको नियन्त्रणमा राखिएको छ भने फरार चालकको खोजी कार्य जारी रहेको छ।
अमृतगन्ज प्रहरी चौकीका सहायक निरीक्षक मनोज यादवको कमाण्डमा खटिएको टोलीले बेलुकी ८ बजे उक्त कार पक्राउ गरेको हो।
प्रहरीले लागुऔषध तस्करीमा संलग्न कार नियन्त्रणमा लिएर अनुसन्धान तीव्र बनाएको छ। यस घटनाले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसारको समस्या झल्काउँदै सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
प्रतिक्रिया