
श्रेणी : मधेस
सिम्रौनगढ,३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा आज बाराको सिम्रौनगढमा रक्तदान सम्पन्न भएको छ । सिम्रौनगढस्थित उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न ४ जना महिला सहित ६८ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरूमा राजकुमार गुप्ता, सुधीर कुमार, सन्दीप कुमार, राकेश कुमार, महेन्द्र कुशवाहा, शान्ती देवी नुनिया, बबिता देवी, बबिता साह, ज्योती कुशवाहा लगायतका व्यक्तिहरू रहेका छन् । रक्तदानको वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणाले उदघाटन गर्नुभएको थियो ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाराका उपाध्यक्ष शम्भु प्रसाद कुशवाहाले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सनातन धर्म रक्षा मञ्च सिम्रौनगढका अध्यक्ष ओम प्रकाश ठाकुरले गर्नुभएको थियो ।


प्रतिक्रिया