काठमाडौं,०५ फागुन। सांसदहरूले सिमेन्टको निरन्तर मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सिमेन्टको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै तत्काल नियन्त्रण गर्न आग्रह गरे।
सांसद राजेन्द्रकुमार केसीले झन्डै ९८ प्रतिशत स्वदेशी कच्चा पदार्थमा निर्भर नेपाली सिमेन्टको मूल्य अनावश्यक रूपमा वृद्धि भएकोमा आपत्ति जनाए। उनले भारतमा निर्यात हुन थालेको नेपाली सिमेन्टको मूल्य वृद्धिले आम उपभोक्ता महँगीमा परेको भन्दै उद्योग मन्त्रालयलाई आवश्यक कदम चाल्न आग्रह गरे।
सिमेन्टको मूल्य वृद्धिले निर्माण क्षेत्र प्रभावित सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य नियन्त्रण गर्न सरकारले गरेको निर्णय नै कार्यान्वयन नभएकोमा खेद प्रकट गरे। साउन महिनामा फ्याक्ट्री रेट रु ४८४ हालको दर रु ७४५ नतिजा निर्माण व्यवसायीलाई रु २२ अर्ब र उपभोक्तालाई रु ४ अर्ब घाटा भएकाे छ । मण्डलले उद्योग मन्त्रालय, निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच भएको प्रतिबोरा रु १२० मा बिक्री गर्ने सहमति कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण भएको बताए।
अन्य जनसरोकारका विषयमा सांसदहरूको ध्यानाकर्षण सांसदहरूले सिमेन्ट मूल्य वृद्धिसँगै विभिन्न अन्य महत्त्वपूर्ण विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।
विकास निर्माण सडक, पुल, टेन्डर प्रक्रिया र परियोजनाहरूलाई समयसीमा निर्धारण गर्नुपर्ने सुझाव,कृषि र स्वास्थ्य उखु किसानलाई अनुदान, स्वास्थ्य बिमा, सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य बिमा डेस्कको आवश्यकता, भ्रष्टाचार र पारदर्शिता भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाएका छन ।
सामाजिक मुद्दादलित प्राधिकरणको बजेट कटौतीप्रति असन्तुष्टि,भौतिक पूर्वाधार सिंहदरबारभित्र निर्माणाधीन भवनलाई तीव्रता दिन माग, निषेधित पदार्थ: खुला सीमाबाट गाँजा र लसुन तस्करी नियन्त्रण गर्न आवश्यक कदम चाल्न आग्रह गरे ।
सांसदहरूले सरकारलाई यथाशीघ्र कदम चाल्न आग्रह गर्दै, विशेष गरी सिमेन्टको मूल्य नियन्त्रणमा ठोस पहल गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया