वीरगन्ज :

सिमरामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.5kViews
1355 Shares

बीरगन्ज,१५ भदाै । जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमरामा आइतबार दिउँसो दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार, मृत्यु हुनेमा सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेका छन्। दुर्घटना बीरगन्ज –पथलैया सडकखण्डमा भएको हो। घाइतेमा रौतहटको गुजरा गाउँपालिका–७ का २५ वर्षीय रोशन चौधरी र ३४ वर्षीय भुपेन्द्र चौधरी रहेका छन्।

प्रहरीका अनुसार, सिमराबाट पथलैयातर्फ आउँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बागमती प्रदेश ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा महेश पण्डितको टाउको र खुट्टामा गम्भीर चोट लागेपछि उपचारको क्रममा परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको हो। घाइते रोशन चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको छ र उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। भुपेन्द्र चौधरीको दाहिने हात र बायाँ खुट्टामा चोट लागेको छ र उनको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *